जेष्ठ १, २०८२ बुधबार

नेपालमा कोरोना संक्रमण तीब्र

काठमाडौँ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ४०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

सङ्क्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् । आज थप हुनेमा कपिलबस्तु ११४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जनालाई सङ्क्रमित पुगेको छ । सङ्क्रमित जिल्ला ५३ पुगेको छ ।

त्यसैगरी, थप १३ जना डिस्चार्ज हुनुभएको हो । योसँगै निको भएर डिस्चार्ज हुने २१९ पुगेको छ ।प्रादेशिक विवरण अनुसार प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]