बैशाख २५, २०८२ बिहीबार

पठनपाठन अझै केहि समय शुरु हुदैन : मन्त्री कार्की

झापा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारी स्कुल क्वारेन्टाइन बनाउने र प्राईभेट स्कुल चै पढाई शुरु हुने भन्ने कुरा पुर्ण रुपमा गलत रहेको बताएका छन् ।

उनले पठनपाठन अझै केहि समय सुचारु नहुने जानकारी दिए । उनका अनुसार संक्रमणको जोखिम उच्च छ । स–साना नानी बाबुलाई हतारोमा रिक्स जोनमा बेपर्बाह पठाउन होम्न सकिदैन र राज्य तयार हुदैन ।

जेष्ठ नागरिक र स–साना केटाकेटीलाई जोखिमको खतरा बढी भएकोले सम्बन्धित क्षेत्र खोल्ने सरकारको लिष्ट प्राथमिकता पदैनन् । साथै अब सरकारले आफ्ना नागरिक बिदेशबाट ल्याउने कामलाई उच्च प्राथमिकतामा राखेको छ ।

शनिवार सामाजिक सञ्जालमा आफ्नो राख्दै मन्त्री कार्कीले लेखेका छन्, – सो को लागि आबश्यक पर्ने होल्डिङ एरिया , क्वारेन्टाइन र आईशोलेश एरिया निर्माण काम लाई तिब्रता दिएको छ । त्यसैले आवश्यकताको आधारमा होल्डिङ एरिया , क्वारेन्टाइन र आईशोलेशन वार्डका लागि स्वास्थ्य र सुरक्षाका मापदण्ड पुगेको ठाउँमा सरकारले निर्णय गरि जहाँ पनि बनाउन सक्छ ।

यसमा सबै ब्यक्ति , संघसंस्था पनि सकारात्मक र सहयोगी बन्नै पर्छ । साथै राज्यका जिम्मेवार प्रतिनिधिहरु झनै बढी जिम्मेवार भएर सक्रियता बढाउने र आपसी समन्वय पनि बढाउनु पर्छ । बर्षायामको सुरु हुन लागेको छ । नोबल कोरोना भाईरसको संक्रमणको प्रकोप परिक्षण लाई ब्यापक बनाएसँगै अझै धेरै बढ्न सक्ने स्पष्ट देखिएको छ । त्यस कारण स्वदेशमा रहेका र बिदेशबाट आएका नेपाली नागरिक र कतिपय सन्दर्भमा बिदेशी नागरिकलाई समेत सुरक्षित ठाउँमा राख्नु पर्ने , परिक्षण गर्नु पर्ने उपचारपछि सम्बन्धित क्षेत्रमा पुर्याउनु पर्ने दायित्व सरकारको हो ।

यसका निम्ती संघीय सरकार , प्रदेश सरकार र स्थानीय तहले आमरुपमा आफ्नो सामथ्र्यले भ्याएसम्म पुर्ण क्षमता देखाएका छन् । स्वास्थकर्मी , सुरक्षाकर्मी , सामाजिक संघसंस्था , निजामतिका फ्रन्टलाईनमा उभिने साथीहरु अहोरात्र खटिनु भएकै छ । म उहाँहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

लकडाउन कै बिच गर्नु पर्ने हाम्रा कृषी ,उधोग ,बिकाश निर्माण लगायतका कामहरु प्राथमिकताका साथ संचालन भएकै छन् । अब कोरोना प्रकोपबाट जोगिदै हामीले आफ्ना दैनिक जिवन सहज बनाउने कार्यबिधी तय गर्नुपर्ने छ । यस निम्ती सरकारले गृहकार्य गरिरहेको छ । यस निम्ति यहाँहरुका रचनात्मक सुझाबको सरकार सदैब अपेक्षा गर्दछ । यससँगै सरकारी निकायबाट हुनुपर्ने कतिपय सेवाप्रबाह समयमा नभएको , स्तरीय नभएको भन्ने जनगुनासा पनि आएका छन् ।

हामी सरकार , सरकारी निकाय र कानूनद्वारा स्थापित सार्बजनिक तथा निजी क्षेत्रबाट जनतालाई सेवा प्रदान गर्ने कार्यालय , ब्यक्तिहरु यस्तो बिषम परिस्थितिमा झनै जिम्मेवार , चुस्तदुरुस्त हुनैपर्छ । कहिकतै कमि नहोस्, जनताका तर्फबाट गुनासो नआउने गरि स्तरीय र समयमै काम सम्पादन गर्नु हाम्रो परमदायित्व हो । आफ्नो दायित्व नभुलौ । दायित्व नभुलौ , लापरबाही नगरौ यस्तो यदि कतै देखियो भयो भने सम्बन्धित जिम्मेवार पक्षले कानूनी कार्बाही गर्ने कुरामा कुनै समय पर्खिनु आवश्यक छैन ।

प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]