बैशाख २९, २०८२ सोमबार

सेना परिचालन गर्ने सरकारको निर्णय

काठमाडौँ । मन्त्रीपरिषद् बैठकले नेपाली सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको हो ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।

सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ । ती स्थान र संक्रमण बढेको क्षेत्रमा सेना परिचालित हुनेछ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७७ आईतबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]