८ बस सर्वसाधारण झापा आएकै दिन चारआलीमा खाना खाने व्यक्तिमा आरडीटी पोजिटिभ
बिर्तामोड । गत बैसाख १२ गते झापा आएका एक व्यक्तिमा (आरडीटी) परीक्षण गर्दा एन्टीबढी पोजेटिभ देखिएपछि उनको यात्राबारे खोजी शुरु गरिएको छ । सोहि दिन उनी आफ्नो घर पाँचथर गएका थिए ।
सोहि दिन काठमाडौंबाट पूर्वका सयौं नागरिक लिएर ८ वटा गाडि आएका थिए । २६ वर्षीय ति व्यक्तिलाई आरडीटी टेष्ट गर्दा एन्टीबढी पोजेटिभ भेटिएपछि उनी पनि सोहि बसमा आएको हुन सक्ने अनुमान सहित खोजी शुरु गरिएको थियो ।
पाँचथरको याङवरक गाँउपालिका–६ मा स्वास्थ्य शाखाले कोरोना भाइरसको शंका लागि परिक्षण गर्दा एन्टीबढी पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । चौलागाईले भने–‘स्वाब परिक्षणका लागि कोभिड अस्पताल विराटनगर पठाइएको छ । रिपोर्ट सोमबार आउने छ ।’
झापा आएका ८ वटा बसमा उनी नआएको बुझिएको छ । उनी काठमाडौबाटै श्रीमति सहित मोटरसाइकलमा आएको विश्वस्त स्रोतले जनाएको छ । काठमाडौँबाट आउँदा चारआलीमा आफन्तको घरमा खाना खाएर पाँचथर लागेका थिए ।