बिर्तामोडको मुक्तिचोकमा ‘डिसइन्फेक्सन टनेल’
बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्ति चोकमा ‘डिसइन्फेक्सन टनेल’ जडान गरिएको छ । जिल्लाको विभिन्न स्थानमा जडान गरिएको टनेल बिर्तामोडमा पनि राखिएको हो ।

मनषा थाईफुड (मगमग चाउचाउ) को प्रायोजन र मेची अभियानको प्राविधिक सहयोगमा निर्मित टनेल आजबाट सर्वसाधारण सबैले प्रयोग गर्न मिल्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा अगाडि राखिएको छ ।
कोरोना भाइरस संक्रमण रोक्ने उदेश्यले टनेल जडान गरेको अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।