बैशाख २७, २०८२ शनिबार

बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]