चट्याङ पर्दा बाल सुबोधिनीमा क्षति
बिर्तामोड । मेचीनगरको बाल सुबोधिनी आधारभुत विधालयमा आज परेको चट्याङका कारण ठुलो क्षति पुगेको छ । विधालयका प्रधानाध्यापक विश्व थापाका अनुसार चट्याङ परेपछि विधालयमा आगलागी समेत भएको थियो ।

आज दिउँसो चट्याङले विधालयको विधुतीय सामग्रीमा ठुलो क्षति पुर्याएको प्रअ थापाले जानकारी दिए । चट्याङले गर्दा आगलागी हुँदा मिटर बक्स सहित सबै वायरिङ जलेर नष्ट भएको छ । विधालयका कक्षा–कक्षामा जडान गरिएका २७ वटा फेन र मोटरमा क्षति पुगेको छ । सो घटनाले विधालयमा ठुलो नोक्सान पुगेको थापाको भनाई छ ।