बैशाख २७, २०८२ शनिबार

कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं, २३ बैसाख । नेपालमा कोरोना संक्रमण तीब्र नभए पनि संक्रमितको संख्या सुस्त रुपमा बढ्दै गएको छ ।

आज ९मंगलबार० विहान नेपालगञ्जमा थपिएका सातसहित नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगिसकेको छ । नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा मात्र हालसम्म कोरोना संक्रमित देखिएका छैनन् ।

तर सीमा जोडिएको बाँके जिल्लामा धमाधम संक्रमित बढिरहेका कारण पनि कर्णाली प्रदेश पनि कोरोनाको उच्च जोखिममा रहेको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमण भित्रिन नदिन त्यहाँको सरकारले सात दिनका लागि सीमा नाका बन्द गरेको छ ।

तर कोरोना परीक्षणका लागि आवश्यक किट अभाव हुँदा समस्या भइरहेको कर्णाली प्रदेश सरकारले बताइरहेको छ ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट १४ हजारको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज ९ मंगलबार० गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आजसम्म कोरोना भाइरसको आशंकामा पीसीआरबाट परीक्षण १३ हजार ८५० जनाको गरिएको जानकारी दिएका छन् ।

उनले कोरोना भाइरसको आशंकामा पछिल्लो २४ घण्टामा एक हजार ५८२ जना नमुना परीक्षण गरिएको जानकारी दिएका छन् । हालसम्म आरडीटी परीक्षण ५२ हजार २२७ जनाको गरिएको उनले बताए ।

कर्णाली विज्ञान प्रतिष्ठानमा थप पीसीआर परीक्षण गरेसँगै नेपालमा कोरोना भाइरसको पीसीआर विधिबाट १८ स्थानबाट शुरु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज सातै प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा १२० जना उपचाररत छन् जसमा काठमाडौ उपत्यकामा दुई जना र उपत्यका बाहिर ११८ जना रहेका छन् । आज देशैभरका क्वारेन्टाइनमा २१ हजार ९९ जना रहेका छन् ।

कुन प्रदेशमा कति कोरोना संक्रमित र ?

हालसम्म कोरोना संक्रमितको संख्या ८२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोरोना संक्रमण देखिएका ६६ जना अस्पतालमा उपचाररत छन् भने १६ जना निको भएका जानकारी दिए । उनले भने, ‘कोरोना संक्रमण देखिनेमा ६१ जना पुरुष रहेका छन् भने २१ जना महिला रहेका छन् ।’

त्यसैगरी मन्त्रालयका अनुसार प्रदेश–१ मा कोरोना संक्रमितको संख्या ३१ जना, प्रदेश–२ मा १३ जना, बागमति प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा दुई जना, प्रदेश–५ मा २४ जना, सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  ६ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]