जेष्ठ २५, २०८२ शनिबार

आज ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन बारे निर्णय गर्ने

२४ बैसाख, झापा । सरकारले भोलीदेखि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । लकडाउन बारे बस्ने मन्त्रिपरिषद्ले आज निर्णय गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत मंगलवार सहभागी कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर, प्रधानमन्त्री त्यसमा सहमत नदेखिएकोले अहिले नै क्षेत्र छुट्याएर जान सकिन्छ र भन्ने प्रश्न गरेका थिए । ‘त्यसमा उहाँको दुईवटा तर्क थियो’ एक मन्त्रीले भने, ‘एउटा भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्छ नै । अर्को, हाम्रो टेस्ट पनि पुगेको छैन ।’

अहिले नै सुरक्षित क्षेत्र घोषणा गर्न नसकिने भएकाले परीक्षण बढाउनु पर्नेमा जोड दिएका छन् । एक मन्त्रीका अनुसार समितिमा भएको छलफलका आधारमा प्रधानमन्त्री कार्यालयले प्रस्ताव बनाउने छ र आज ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले कोरोना संक्रमण रोकथामका लागि अहिले लिएको बाटो ठिक भएको निष्कर्ष निकालेको बताए । २५ गतेपछि लकडाउन के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले सरकारले जे नीति अख्तियार गरेको छ, यो सही छ । यो निरन्तर रहन्छ ।’

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  ११ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]