विश्वभर काेराेना सङ्क्रमित निकाे हुने क्रम बढ्दाे
काठमाण्डौ – विश्वभर कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेको छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२ लाख जना उपचारपछि निको भएका छन् ।
अहिलेसम्म विश्वभर ३७ लाख २६ हजार सात सयभन्दा धेरै कोरोना सङ्क्रमित भएका छन् भने १२ लाख ४१ हजार ९ सयभन्दा धेरै निको भएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा दुई लाख ६ सयभन्दा धेरै निको भएका छन् । त्यसो त कोरोना भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा १२ लाख ३७ हजार ६ सयभन्दा धेरै सङ्क्रमित भएकोमा ७२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
इटलीमा दुई लाख १३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकोमा ८५ हजार दुई सयभन्दा धेरै निको भएका छन् । जर्मनीमा एक लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकोमा एक लाख ३५ हजारभन्दा धेरै निको भएका छन् ।
इरानमा ८० हजारभन्दा धेरै, चीनमा ७७ हजारभन्दा धेरै, टर्कीमा ७३ हजारभन्दा धेरै र फ्रान्समा ५२ हजारभन्दा धेरै निको भएका छन् । कोरोनाको कारण विश्वभर दुई लाख ५८ हजार दुई सयभन्दा धेरैको ज्यान गएको छ । नेपालमा अहिलेसम्म ८२ जनामा सङ्क्रमण पुष्टि भएकोमा १६ जना उपचारपछि निको भएका छन् ।