बैशाख २७, २०८२ शनिबार

प्रस्ताव तयार नभएपछि नेकपा स्थायी कमिटीको बैठक अनिश्चित

काठमाडौं । दुवै अध्यक्षले स्थायी कमिटीमा लैजाने प्रस्ताव तयार गर्न नसक्दा भोलीका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी अनिश्चित भएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका छन् ।

त्यसैले बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली बैठकमा सहभागीलाई जानकारी गराएरै बाहिरिएको श्रेष्ठको भनाई छ, अन्यथा प्रचार नगर्न उनले सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]