बैशाख २७, २०८२ शनिबार

नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा

झापा । सत्तारुढ पार्टी नेकपा विभिन्न घटनाक्रमले विघठनको संघारमा पुगेको छ । पार्टीभित्रको आन्तरिक लफडाले पार्टी बचाउने भन्दा पनि विघटन तिर धकेलेको नेताहरुको गतिविधिले देखाएको छ । छिमेकी राष्ट्र भारतको समेत अदृष्य संलग्नता रहेको नेकपाको बढ्दो विवादमा पार्टीभित्रैकै शिर्ष नेताले महत्वपूर्ण भूमिका देखाइरहेको बुझिन्छ ।

kf6L{ PsLs/0f 3f]if0ff sfo{qmd /fli6«o ;efu[x sf7df8f}Fdf laxLaf/ g]kfn sDo’lgi6 kf6L{sf] PsLs/0f 3f]if0ff sfo{qmddf cWoIfnufot ;xefuL g]tfx? . t:jL/ M gjLg kf}8]n, /f;;

पूर्व माओवादी र पूर्व एमालेमा पनि ठुलो समूह पार्टी विघठन नै होस भन्ने चहाना राखेका छन् । त्यसमा नेपाली कांग्रेसले समेत पार्टी फुटाएर आफुलाई शक्तिमा ल्याउने अभ्यास शुरु गरेको छ । विगतका सरकारभन्दा राम्रो काम गरे पनि विभिन्न सुनियोजित फण्डा निकालेर सरकारलाई बद्नाम गराउने काम भइरहेको छ । यी सबै आक्रमण सरकार विरुद्ध भन्दा पनि नेकपा विभाजन गराउन उद्दत रहेको देखिन्छ । केहि नेताहरु भने पार्टीलाई कनै पनि हालतमा फुट्न नदिने अभियानमा जुटेका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र गहिरिदो शक्तिसंघर्ष उत्कर्समा पुगेको संकेत गरेका छन् । स्थायी कमिटी अनिश्चतकालका लागि स्थगित भएको भोलिपल्ट बिहीबार लगातार तीन ट्वीटमार्फत् पार्टी प्रवक्ता श्रेष्ठले नेकपाभित्रको अन्तरविरोध कहाँ पुगेको रहेछ भन्ने सन्देश दिएका छन् ।

‘गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर, पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो । हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर, पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ ।’ उनले पहिलो ट्विटमा भनेको विषयलाई कान्तिपुरले लेखेको छ । यससँगै उनको अर्को ट्विट पनि आयो,’ अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं। आ(आफ्नो ठाँउबाट भूमिका खेलौं, योगदान गरौं । पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन् । नीजि स्वार्थ त्यागौं, यो काम पूरा गरौं ।’

यसबाहेक उनको अर्को ट्वीटमा भनिएको छ, ‘समाजवाद सत्ताप्राप्ति वा सत्तासञ्चालनमा सिमित अवधारणा होइन । यो त शोषित–श्रमजीवी वर्ग र अन्ततः सिंगै मानवजातिको मुक्तिको परियोजना हो । सत्ता उक्त उद्देश्यका निम्ति साधन र जिम्मेवारी हो । यो सत्यलाई आत्मसात नगर्ने हो भने हामी मौका नपाएर बेईमान नभएका तुच्छ अवसरवादीमा परिणत हुनेछौं । के हुने ?’
बुधबार बसेको सचविालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका एजेन्डामा सरकारको समीक्षा र संगठनात्मक बाँडफाँटको विषय नपारेपछि बिहीबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित छ । यसपछि नेकपाभित्रको विवद नयाँ तरिकाले मुखरित भएको छ ।

यसअघि बैशाख २० को सचिवालयको निर्णय कार्यन्वयनमा आलाटल भएको भन्दै प्रवक्ता श्रेष्ठले मंगलबार पनि यस्तै अर्थपूर्ण दुई ट्वीट गरेका थिए । मंगलबार बिहान उनको ट्वीट थियो, ‘अस्तिको सचिवालयको निष्कर्षबाट बिचलनले पार्टीमा पुनःसंकट ल्याउनेछ । अतस्अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन । पार्टी एकताको रक्षा, विधिपद्दतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मूख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने संकल्प यो हो निश्कर्ष । ’

जबकि त्यसैदिन राति उनले अर्को ट्वीटमा लेखेका थिए,‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २०गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौं । अन्यथा नगरौं ।’

दुई अध्यादेश प्रकरणसँगै सुरु भएको नेकपाको विवाद १३ औं दिनका दिन पार्टी एकता सुदृद्ढ गरेर जाने सचिवालयको निर्णयसँग साम्य भएको थियो । तर, बैशाख २० को सचिवालय निर्णय कार्यन्वयनलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मतभेद भएपछि नेकपा जटिल विवादतर्फ प्रवेश गरेको हो । विवादकै कारण बुधबार बसेको सचिवालय बैठकले बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न नसकेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार  १० : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]