बैशाख २७, २०८२ शनिबार

सदनले काेराेनाविरुद्धकाे लडाईं जित्‍ने अ‌ाधार तय गर्नुपर्छ – सुवास नेम्वाङ

काठमाडौं । नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले छैटौं अधिवेशको पहिलो कोरोना नियन्त्रणको विषय रहेमा दुई मत नरहेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कोरोना नै पहिलो प्राथमिकता र साझा विषय रहेको बताए ।

सदनले कोरोनाविरुद्धको लडाईं जित्न आधार तयार पार्ने बताउँदै उनले भने–‘अधिवेशनको मुख्य विषय कोरोना रहन्छ, त्यसैले सदनबाट कोरोनाविरुद्धको लडाईं जित्न एउटा बलियो आधार तयार पानुर्छ ।’

कोरोनाले विश्वका शक्ति राष्ट्र आक्रान्त भएका बेला सरकारले समयमै कदम चालेकाले ठूलो असरबाट अहिलेसम्म बच्न सफल भएको बताए ।

लकडाउन वाध्यता, आवश्यकता र लकडाउनको विकल्प नभएको बताउँदै उनले भने– ‘धेरै हदसम्म हामी सफल भएका छौं, अरु देशको तुलनामा विस्तार हुन सकेन, अहिलेसम्म देखिएका १०१ बिरामीमध्ये एकजनालाई पनि भेन्टिलेटर र आइसियुमा राख्न परेको छैन ।’ संक्रमितमध्ये ३० जना निको भएका र उपचाररत सबैको अवस्था सामान्य रहेको र चाँडो निको हुने उनले बताए ।

नेता नेम्वाङ्ले कोरोना विरुद्धको लडाईंमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राजनीतिक दल, सांसद् सबै नागरिक एक भएर नै कोरोनाविरुद्ध सफल परिणाम आएको बताए । उनले भने– ‘यसका लागि म सरकारलाई, संसदीय दललाई, स्वास्थ्य, सुरक्षा, सञ्चारकर्मी, कोरोनाविरुद्ध अंग्रपंक्तिमा काम गर्ने सबै सांसद सबै नागरिकलाई धन्यवाद् दिन्छु ।’

बजेटले कोरोनाका असरलाई सम्बोधन गर्नुपर्ने र गर्ने पनि उनले विश्वास व्यक्त गरे । कोरोनाले पुर्याएको असरलाई नीति तथा कार्यक्रममा केन्द्रित गर्नुपर्ने बताए । कोरोनाविरुद्धको लडाईंविरुद्ध एक भएर लड्न सबै प्रतिपक्षीलाई आग्रह गरे ।

विगतका अधिवेशनबाट संस्दमा र संसदीय समितिमा विचाराधिन विधेयकहरुलाई पनि यसले टुंगो लगाउने उनले बताए । सरकारले सबै काम पारदर्शी रुपमा काम गर्ने पनि उनले बताए ।

सांसद ‘अपहरण’को घटनाको यथार्थ के हो हो त्यो सदनमा जानकारी हुनुपर्ने पनि बताए । उनले भने( ुहामी कुनै पनि प्रकारका आपराधिक कार्यहरूको पक्षमा छैनौं, हाम्रो दल संविधानको कार्यान्वयन गर्दै यहाँ आइपुगेका छौं, देश र जनताको पक्षमा कार्यान्वयन गर्न चाहन्छौं ।

प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार  ५ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]