बैशाख २७, २०८२ शनिबार

सीमा समस्या समाधानका लागि ऐक्यबद्ध बनौं : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन सबैमा आग्रह गरेका छन् ।  

सामाजिक सञ्जालमार्फत आज उनले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताएका छन् । ‘लकडाउनले खुला सीमाको समस्या उजागर गरेका बेला कालापानी क्षेत्रको  किचलो नेपाललाई सीमा समस्या समाधान गर्ने अवसर हो’, उनले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउनसमेत आग्रह गरेका छन् ।  उनले प्रदेशका विभिन्न जिल्लामा भारतबाट आएका  नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान आग्रह गरेका छन् ।  उनले भनेका छन्, ‘दक्षिण भारत र दिल्लीबाट आउनुभएका प्रदेश ५ का सबै अनिवार्य रुपमा कोभिड–१९ को परीक्षण गराएर मात्र घर जानुहोला । परीक्षण निःशुल्क छ ।’ 

यसअघि मुख्यमन्त्री पोखरेलले भारतबाट लुकिछिपी आउने नागरिकका बारेमा सुरक्षा निकायलाई जानकारी दिई नजीकको क्वारेन्टिनमा राख्न लगाउन आग्रह गरेका थिए । उनले समुदायलाई कोरोनाबाट जोगाउन सबैसँग आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार  ४ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]