अर्जुनधारामा तोकिएको सडक मात्रै प्रयोग गर्न पाइने
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रको सुरक्षाका लागि तालिका बमोजिम मात्र सडक प्रयोग गर्न पाइने भएको छ । यसैबिच अर्जुनधाराका प्रमुख हरिकुमार रानाले जेठ ५ गतेसम्मलाई अत्यावश्यक बाहेक सबै बन्द गर्ने जानकारी दिएका छन् ।

बढ्दो असुरक्षाका कारण अर्जुनधारामा थप कडाई गरिएको भन्दै सडक प्रयोगमा समय तालिका बनाएको मेयर रानाले जानकारी दिए । उनका अनुसार जेठ ६ गते अर्थात पहिलो हप्ता शहिद राजन गिरी मार्ग मात्रै प्रयोग गर्न पाइने छ भने बाँकी सडक बन्द गरिनेछ ।
जेठको दोस्रो हप्ता चारपाने– नारायण चोक मार्ग, तेस्रो हप्ता बिर्तामोड – शनिश्चरे मार्ग र चौथो हप्ता शनिश्चरे–सालवारी–बुट्टावारी–देवनिया मार्ग प्रयोग गर्न मेयर रानाले अपील गरेका छन् । उनका अनुसार त्यसपछि अर्को व्यवस्था गरिनेछ ।
यस्तै, नगरले निर्माणको क्षेत्रमा काम गर्न आएका अन्य पालिकाका मजदुरलाई फिर्ता पठाउने निर्णय गरेको छ । अर्जुनधाराको प्रशासनिक कामका लागि वडाको च्यानलबाट जनप्रतिनिधले गर्ने मेयरको भनाई छ । यसैगरी टोल सुरक्षा समितिमा शिक्षकको परिचालन गर्ने जानकारी दिए । मेयर रानाले अर्जुनधाराबासीको सुरक्षाका लागि आफु संवेदनशील भएको र सुरक्षामा आफु पनि सतर्क हुन आम नागरिककलाई आग्रह गरेका छन् ।