बैशाख २७, २०८२ शनिबार

कोरोनाले लियो ३ लाख बढिको ज्यान

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने ३ लाख नाघेका छन् ।

संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबार ३ लाख ३ हजार ३ सय ४१ पुगेको छ । संक्रमितको संख्या ४५ लाख २४ हजार ४ सय ७४ पुगेको छ । संक्रमितमध्ये १७ लाख ३ हजार ६ सय ४८ जना उपचारपछि घर फर्किएका छन्, ४५ हजारको अवस्था भने गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ । स्पेनमा २७ हजार ३ सय २१, बेलायतमा ३३ हजार ६ सय १४, इटलीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २५ र ब्राजिलमा १३ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]