बैशाख २०, २०८२ शनिबार

पास पाएपछि काठमाडौं फर्किए पूर्व राजा ज्ञानेन्द्र

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले सवारी पास दिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ तर्फ लागेका छन् । दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट उनी शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडौं तर्फ लागेका हुन्।

कोभिड १९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि नै उनी झापा थिए। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसहित पाँच जनाको सवारी पास जारी गरिएको जानकारी दिए।

पूर्वराजा शाहका तर्फबाट उनको सचिवालयले काठमाडौंँ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो। अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिए।

प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]