जेष्ठ २६, २०८२ आईतबार

पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाइने

काठमाडौं, २ जेठ । पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रुत मार्ग बनाइने भएको छ । आउँदो वर्षको नीति तथा कार्यक्रममा पूर्व–पश्चिम राजमार्गको सबै खण्ड चार लेनको बनाइने उल्लेख छ ।

बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको विस्तार तीन वर्षभित्र सकिने आज राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी गराएकी छिन् । काठमाडौ–तराई मधेस फास्ट ट्रयाकको काम तीन वर्षमा सक्ने नीति तथा कार्यक्रममा बताइएको छ ।

आउँदो आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको तीन सय किलोमिटर, हुलाकी राजमार्गको दुई सय ५० किलोमिटर र उत्तर–दक्षिण कालीगण्डकी करिडोर ९० किमि सडक कालोपत्रे गरिने कार्यक्रममा उल्लेख छ ।

त्यस्तै नागढुङ्गा–नौबिसे सुरुङको एक किलोमिटर काम आउँदो वर्ष सक्ने र पाल्पाको सिद्धबाबामा सुरुङ निर्माण थालिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]