बैशाख २७, २०८२ शनिबार

आज थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।

शुक्रबार बिहान र साँझ ९/९ जना गरी १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार बिहान मकवानपुर र बाँके तथा साँझ काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएको हो ।

बिहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका हुन् । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

साँझको रिपोर्ट अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म ३६ जना निको भएर घर फर्किएका छन् । तर ३ जनामा पुन: पोजेटिभ देखिएको छ ।

हालसम्म २३ हजार ९२३ पीसीआर टेस्ट भएको छ भने ६३ हजार ०८५ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार  ११ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]