थप दुई जनामा कोरोना पुष्टि
काठमाडौ । थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत पुष्टि भएको जनाएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ । अपडेट
काठमाडौं- नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेमा १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि निको भएका छन्।