झापाको दक्षिणी सीमामा प्रहरीको साइकल गस्ती
बिर्तामोड । झापाको दक्षिणी सीमा क्षेत्रमा प्रहरीले साइकल गस्ती शुरु गरेको छ । तीनदिन देखि सीमा क्षेत्रमा साइकलबाट पनि गस्ती शुरु गरेको झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

प्रदेश १ सरकारले प्रदेश प्रहरी कार्यालय विराटनगर मार्फत झापालाई गस्तिका लागि २५ थान साइकल उपलब्ध गराएको थियो । नेपाल–भारत सीमामा रहेको अस्थायी सुरक्षा पोष्टमा खटिएका प्रहरीले साइकलबाट पनि गस्ती शुरु गरेपछि थप सुरक्षा बढेको छ । एउटा पोष्टदेखि अर्को पोष्टसम्मको खाली क्षेत्रमा प्रहरीले अब साइकल गस्तीबाटै सीमामा सुरक्षा गर्ने कोइरालाको भनाई छ ।
झापाको दक्षिणी सीमामा रहेका सुरक्षाकर्मीलाई आवश्यकताका आधारमा साइकल उपलब्ध गराइएको छ ।