कचनकवलमा हुलहुज्जत गर्ने भारतीयमाथि हवाई फायर
बिर्तामोड । सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि अनावश्यक हुलहुज्जत गर्न खोजेपछि आज ८ बजे एक राउण्ड हवाई फायर भएको छ ।

कचनकवल– १ मा रहेको १२५/१० नम्बरको पिलर नजिकै रहेको शसस्त्र प्रहरीको अस्थायी पोष्टमा भारतीयले हुलहुज्जत गरेपछि फायर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नेपालमा बाली लगाएका भारतीय किसान नेपाल प्रवेश गर्न नपाएको झोँकमा ५०÷६० जनाको समूह आएर हुलहुज्जत गरेको एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार हवाई फायर गरेपछि सो समूह भारत तर्फ फर्किएको छ भने अहिलेको अवस्था सामान्य रहेको छ ।