जेष्ठ २७, २०८२ सोमबार

नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ, अभद्र व्यवहारको कसूरमा कारबाही गर्ने

काठमाडौं । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । उनीहरुले प्रहरीकै अगाडि कार्कीको खनतलासी पनि लिएका थिए ।

प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार  १ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]