कोरोनाले नेपालमा मृत्यू हुनेको संख्या दुई पुग्यो
काठमाडौं । बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। यो सँगै नेपालमा कोरोनका कारण मृत्यू हुनेको संख्या दुई पुगेको छ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताए। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो। यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराइसकेको छैन ।