जेष्ठ २७, २०८२ सोमबार

भारतमा जेठ १८ सम्म थपियो लकडाउन

दिल्ली । भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ। भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए। लकडाउनसम्वन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिँदैछ। गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको हो। भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्। त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन्। उच्च संक्रमितको संख्याका आधारमा भारत ११ औं स्थानमा छ।

प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार  ५ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]