जेष्ठ ६, २०८२ सोमबार

विराटनगर र धनकुटामा तीन जनालाई कोरोना पुष्टि

विराटनगर । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

नेपालभर संक्रमितको संख्या २९५ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]