जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोडका वित्तीय संस्था अब दुई घण्टा मात्रै सञ्चालन गर्न पाउने

बिर्तामोड । कोरोना संक्रमण बढ्दै गएपछि वित्तीय संस्था सञ्चालनको समय परिमार्जन गरिएको छ । झापाको बिर्तामोड क्षेत्रमा सञ्चालित वित्तीय संस्था अब दुई घण्टा मात्र खोल्न पाइने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

गत हप्तादेखि बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्था अब १० बजेदेखि १२ बजेसम्म मात्र खोल्न पाइने भएको हो । बैंक, सहकारी,मनि ट्रान्सफर र आइएमई लगायतका वित्तीय संस्थाका कारण भीडभाड बढेपछि कडाई गर्न लागेको नगरले जनाएको छ । मंगलबारदेखि सरकारले गरेको निर्णय बाहेकका सवारी बिर्तामोड क्षेत्रमा चलाएको पाइएमा तत्काल कारवाही प्रक्रिया अघि बढाउने बताइएको छ । मंगलवार यसबारे माइकिङ गर्ने र बुधबारबाट पूर्ण कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  ४ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]