कचनकवललाई शिल गर्ने तयारी
बिर्तामोड । पहिलो संक्रमित भेटिएको दोस्रो दिनमै नौ जनामा कारोना संक्रमण पुष्टि भएपछि कचनकवललाई शिल गर्ने तयारी भएको छ ।

सोमवार एक जनामा कोरोना देखिएको थियो । आज एकै दिन सोहि गाउँपालिकामा ९ जनामा संक्रमण देखिएपछि नेपाल–भारत सीमामा रहेका गाउँपालिकाले थप सतर्कताका लागि शिल गर्ने थयारी गरेको गापाका अध्यक्ष अञ्जर आलमले जानकारी दिए । उनका अनुसार सीमामा पर्ने सबै वडा शिल गर्ने तयारी गरिएको छ ।
मुख्य बजारको रुपमा रहेको बनियाँनी सहित वडा नं.१ देखि ५ सम्म सबै वडालाई शिल गर्ने उनको भनाई छ । जिल्ला प्रशासन कार्यालयको टोली त्यसतर्फ प्रस्थान भइसकेको र थप छलफल गरेर सुरक्षाका लागि शिल गर्ने निधो गरिएको छ ।