बैशाख २४, २०८२ बुधबार

सङ्क्रमणको जोखिम बढाएको भन्दै सङ्क्रमित र मृतकको ठेगाना खुलाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु भएकाहरूको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सङ्क्रमित वा मृत्यु भएकाको स्थायी ठेगाना मात्रै सार्वजनिक गर्दा अरू विवरण गोप्य रहेको र त्यसले सङ्क्रमणको जोखिम बढाएको भन्दै आयोगले अस्थायी र स्थायी दुवै ठेगाना प्रकाशित गर्न निर्देशन दिएको हो ।

सङ्क्रमित र मृतकका ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै आयोगले उनीहरूको स्थायी ठेगानाका साथै अहिले बसोबास गरिरहेको ठेगाना उल्लेख गर्न निर्देशन दिएको हो । ‘उनीहरूको स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा सङ्क्रमण हुँदाको ठाउँ फरक हुन सक्छ’, निर्देशनमा भनिएको छ, ‘एउटा मात्रै स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योल भएको पाइएको छ । त्यसरी यसरी प्रवाह भइरहेको सूचनामा थप स्पष्ट गराउन आवश्यक छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]