बैशाख २९, २०८२ सोमबार

स्तरोन्नति भइरहेको विराट पोखरीको अनुगमन

भद्रपुर । बिर्तामोड –१० स्थित पौराणिक महत्व बोकेको विराट पोखरीलाई पर्यटकीय आकर्षका लागि भइरहेको स्तर उन्नतिको काम बारे प्रदेश संसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरेका छन् ।

झापा क्षेत्र नम्बर– ३ का प्रदेश सांसद रहेका सरावगीले पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्राप्त २० लाख रूपैयाँमा भइरहेको पोखरी स्तरोन्नतिको कामको स्थलगत अनुगमन गरेका हुन् ।
पर्यटकीय क्षेत्र विकासका लागि पोखरी सरसफाई तथा घेरावाराको काम भइरहेको निर्माण समितिका अध्यक्ष छविराम आचार्यले जानकारी दिएका थिए । आचार्यका अनुसार पोखरी भित्र जमेको हिलो तथा झार हटाउने र १४० मिटर घेरावारा गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

पोखरी विकासका लागि अन्य धेरै काम बाँकी रहेकाले बजेट अभाव भएको गुनासो समेत अध्यक्ष आचार्यको रहेको थियो । संसद सरावगीले गुरू योजना अनुरूप पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न आगामी वर्ष थप वजेट प्रबन्धका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
अनुगमनका क्रममा भेटिएका स्थानीयले पौराणिक महत्व बोकेर बसेको विराट पोखरी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण नहुँदा पर्यटकलाई आकर्षण गर्न नसकिएको गुनासो पोखेका थिए ।

प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार  ५ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]