बैशाख २४, २०८२ बुधबार

प्रेस संगठनका नेता सिग्देलले २० पत्रकारको बीमा गरिदिने

बिर्तामोड । नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य तथा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तीर्थ सिग्देलले आफ्नो जन्म दिनमा झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोरोनासँग सम्बन्धी बीमा गरिदिने घोषणा गरेका छन् ।

जेठ २० गते आफ्नो जन्मदिनको अवसरमा उनले यस्तो घोषण गरेका हुन् । आफ्नो फेसबुक मार्फत उनले भनेका छन्, जन्मनुको सही अर्थ आफूले टेकेको धर्ती, समाज र देशप्रति गर्नुपर्ने कर्तब्य र जिम्मेबारी पूरा गर्नु पनि हो । यसर्थ मेरो ब्यक्तिगत तर्फबाट झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोराना बीमा गरिदिने घोषणा गर्दछु ।

हाल झापाका जम्मा ८० जनाको मात्र यो बीमा गरिएको सन्दर्भमा उनले गरेको यो घोषणले संचारक्षेत्रका लागि हौसला प्रदान हुनेछ । उनले यस अभियानलाई पत्रकार महासंघ, संघ संगठनहरुको समन्वयमा निरन्तरता दिदै लैजाने पनि बताएका छन् । उनले यसलाई निरन्तरता दिएर लैजाने वातावरण बनाइदिन सबैमा आग्रह पनि गरेका छन् ।

संचारक्षेत्रको महत्व, गरिमा कायम गर्दै सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना हुन जरुरी छ । यसका लागि समाजले यो क्षेत्रलाई सकारात्मक रुपमा सोच्न र संचारक्षेत्रले पनि आफ्नो दायित्व र कर्तब्य इमान्दारिताका साथ पूरा गर्न आवश्यक छ, उनले भनेका छन् ।

प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]