जाजरकोट प्रवेशमा रोक नलगाउन दलित पत्रकार संघको माग
झापा । पश्चिम रुकुममा भएको हत्याको घटनामा स्थलगत अध्ययनका लागि गएको पत्रकारको टोलीलाई रोक लगाएकोमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालले घोर भत्सर्ना गरेको छ । दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराइलीसहित गएको टोलीलाई माथिको आदेश भन्दै प्रहरीले जाजरकोट प्रवेशमा रोक लगाएको छ ।

रुकुम जिल्लाको चौरजहारीमा भएको नरसंहारको अध्ययनमा गएको टोलीलाई प्रमुख जिल्ला अधिकारीले रोक लगाएको घटनाप्रति ध्यानाकर्षण भएको बताउदै संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको विज्ञप्तिमा उल्लेख छ । समाचार संकलनमा पत्रकारलाई अवरोध गर्नु लोकतन्त्रको विरुद्धमा रहेको संघको ठहर छ ।

सोहि घटनाको अध्ययनमा गएको अन्य सदस्यलाई जान दिएर दलित पत्रकारलाई अवरोध गरी घटनाको सत्यतथ्यलाई ढाकछोप गर्न खोजिएको संघका अध्यक्ष विनोद पहाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । संघले जाजरकोटामा रोकिएमा पत्रकारलाई तत्काल रिहा गरी समाचार संकलनको वातावरण बनाउन माग गरेको छ ।