बैशाख २७, २०८२ शनिबार

युएइबाट १६८ नेपालीको उद्दार, प्रदेश १ का धेरै

झापा। यूएईबाट शुक्रबार काठमाडौं ल्याइएको १६९ जनामध्ये सबैभन्दा बढी प्रदेश १ का नागरिक छन् ।

उद्दार र व्यवस्थापनको कार्यमा खटिइरहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० का अनुसार प्रदेश नं। १ का ४६, २ का २३ र बागमतीका ३७ जनालाई काठमाडौं ल्याइएको छ । गण्डकी प्रदेशका २८, प्रदेश नं। ५ का १८, कर्णालीका ४ र सुदुर पश्चिम प्रदेशका १२ जना नागरिक छन् ।

उनीहरुमध्ये ६७ जना यूएईको इजादा फ्यासिलिटी म्यानेजमेन्ट, ७९ जना टान्स गार्ड सेक्युरिटी कम्पनी र ११ जना अन्यमा कार्यरत थिए । विमानस्थलमा अभिलेख संकलनपछि उनीहरुलाई प्रदेशगत रुपमा काठमाडौं, भक्तपुर र ललितपुरको होल्डिङ सेन्टरमा राखिएको छ ।

सीसीएमसीका अनुसार नेपाली सेनाको व्यवस्थापनमा काठमाडौंमा बागमती, गण्डकी र ५ नं। प्रदेश, भक्तपुरमा प्रदेश १ र २ र ललितपुरमा कर्णाली र सुदुर पश्चिम प्रदेशका नागरिकलाई राखिएको छ ।

सेन्टरमा विदेशबाट आएका नागरिकको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका कार्यहरु हुनेछन् । त्यसपछि सम्बन्धित प्रदेशहरुको समन्वयमा त्यहीँ क्वारेन्टाइनमा राख्ने गरी पठाइनेछ । उनीहरुको क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ ।

प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]