त्रिवि मानवशास्त्रका विधार्थी भन्छन् – जातीय विभेद्ले नेपाल पछौटे र असभ्य मुलुकको रुपमा दर्ज भयो
झापा । त्रिभुवन विश्वविधालय मानवशास्त्र दर्शनाचार्य (एम.फिल.) का बिद्यार्थीले सामाजिक न्यायका लागि ऐक्यबद्धता जनाएका छन् ।
२३ जना विधार्थीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउ“को भेरीतटमा भएको क्रुर, अमानवीय, पाशविक र आततायी घटनाले हाम्रो समाजको सांस्कृतिक, सामाजिक र राजनीतिक चेतनाको स्तरलाई उदांगो पारेको बताएका छन् । सो घटना नेपाली समाजको जातिवादी संक्रीणताकोे पराकाष्ठा भएको उनीहरुको दावी छ ।
घटना भएको दुई साता बितिसक्दा पनि राज्य र यसका सम्बन्धित निकायहरु मुकदर्शक भएको बताउँदै बिधार्थीहरुले जातीय विभेदको समस्या केवल दलित समुदायको मात्र समस्या हो भन्ने बुझाईको कारण आज विश्वपरिबेशमा नेपाल पछौटे र असभ्य मुलुकको रुपमा दर्ज भएको दावी छ ।
विज्ञप्तिमा लेखिएको छ, समस्या दलित समुदायमा होइन यस समुदाय प्रति हेर्ने दृष्टिकोणमा छ । उक्त घटनाको सम्बन्धमा गैरदलित समुदाय, प्राज्ञिक केन्द्रहरु र बौद्धिक जमातको मौनताले भविष्यमा सभ्य समाजको निर्माणको सवालमा धेरै मुल्य चुकाउन पर्ने देखिन्छ ।
एक पटक सोचौ त, सदियौदेखि दलितका कस्ता क्रियाकलापहरु गैरदलितका बिकास र खुशीका बाधक भए ? दलितमाथि सधै अन्याय र दमन किन कायम छ ? जातीय विभेदका विरुद्धमा हाम्रा परिवार भित्र कत्तिको बहस चलायौ ? जातीय विभेद र दलन, मानव सभ्यताको कलंक र कालो धब्बा हो भन्ने कुरा हामीले कति बहसमा ल्यायौ ?
आजसम्म हाम्रा बहस र जागरण परिवर्तनका हिमायती किन हुन् सकेनन् ? हाम्रा कानुनका मानकहरुको परिपालन गर्ने सन्दर्भमा सरकार किन सधै चुकिरहेको छ ? यस्ता घटनाको निरन्तर साक्षी भई रहदा के तपाइलाई पिरोलेको छैन ? यदि छ भने सतही र खोक्रा सहानुभूतिका शब्दहरु मात्र किन अर्पण गर्नुहुन्छ ? न्याय र समानताको लागि अब पनि नबोल्ने ? नलड्ने ? त्यसैले आउनुहोस यस्ता रुग्ण सोच र कार्यहरु आजै देखि बन्द गर्न हातेमालो गरौ र समानता र समभावको समाज निर्माण गर्न अगाडी बढौं ।
त्रिवि मानवशास्त्र केन्द्रीय विभागका विधार्थीले जातीय विभेद विरुद्ध हरेक परिवारमा जागरण आवश्यक रहेको बताएका छन् ।
सन्देश रेग्मी, गंगा बहादुर विश्वकर्मा,सेतेमान तामाड्ड, विष्णु गुरुङ, आरती खड्का, कल्याण के.सी.
पुष्पा पौड्ेल, विष्णु साउद,सरोज पोखरेल, श्रीराम दाहाल, विष्णु पौडेल, भावना खनाल
सन्ध्या श्रेष्ठ, लेखनाथ भट्टराई,दिपेन्द्र लामा, विवेकानन्दा चौधरी,सुमिता उदास, टिकादेवी न्यौपाने
राकेश चौधरी, शिला लामा, फुर्वा मोक्तान, राजारामचन्द्र तिम्लसिना र तारादेवी गुरुङले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।