बैशाख २६, २०८२ शुक्रबार

तत्काल बजार खोल्ने निर्णयबाट पछि हट्यो बिर्तामोड उधोग वाणिज्य संघ

बिर्तामोड । झापाका बजारहरु खोल्न दवाव दिदैं आएका वाणिज्य संघहरुले तत्काल बजार नखोल्न व्यवसायीहरुलाई सूचना गर्न थालेका छन् । उनीहरुले राज्यसँग अहिले जीतहारको लडाई गर्न नहुने भन्दै केन्द्र सरकारको निर्णय पालना गर्ने ठाउँमा पुगेको बताइरहेका छन् ।

बिर्तामोड उधोग वाणिज्य संघले गत साता (आज) शनिवारदेखि बजार खोल्ने निर्णय गरेको थियो । तर, त्यहि निर्णयबाट वाणिज्य संघको नेतृत्वपछि हटेको छ । सरकारले निर्धारण गरेको व्यवसाय बाहेक कसैले पनि व्यवसाय सञ्चालन गरेमा प्रशासनले बन्द गराउने बताएपछि व्यवसायी पछि हटेका हुन् । जिल्ला प्रशासन कार्यालय झापाले तत्काल बजार खोल्न नमिल्ने जनाएकोे छ । सरकारको निर्णय विपरित व्यापारीले बजार खुलाएमा एक्शन लिने बताइएको छ ।

बिर्तामोडका डीएसपी मुकुन्द रिजालले सरकारले निर्धारण गरेको निश्चित व्यवसाय बाहेकका पसल खुलेमा बन्द गराइने जानकारी दिए । उनले भने, छिटपुट रुपमा खेलेका पसलहरु धमाधम बन्द गराउने काम भइरहेको छ । सरकारको निर्णय कार्यान्वय गर्नैपर्ने डीएसपी रिजालको भनाई छ ।

बिर्तामोड उधोग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले आजैबाट बजार नखोल्ने प्रतिक्रिया दिएका छन् । उनले विस्तारै बजार क्रमश ः खुलाउदै लैजाने बताए । सरकारको निर्णयलाई नमान्ने गरी निर्णय गरेको वाणिज्य संघ अन्ततः सरकारको समन्वयमै अघि बढ्ने तयारीमा उभिएको छ । अध्यक्ष भट्टराई भन्छन् – सरकारसँग अहिले लढ्ने समय होइन, सहकार्य र समन्वयमा अघि बढ्छौं । समन्वयमै विस्तारै बजार खुलाउदै जाने तयारी छ । उनले व्यापारीलाई धैर्य गरेर बस्न आग्रह गरिसकेको बताए । सरकारको निर्णयलाई पनि उल्लंघन नगर्ने पक्षमा रहेको भन्दै भट्टराई बजार खोलेर छताछुल्ल गर्न नहुने बताएका छन् ।

बिर्तामोडसहित जिल्लाका ठुला बजारहरु खोल्ने विषयमा व्यवसायी बिचमै मतान्तर चलिरहेको छ । धेरै व्यवसायीले व्यवसाय सञ्चालन गर्ने बताइरहेका छन् भने केहि व्यवसायीले बजार खुल्ला गरेमा जोखिम बढ्ने बताउँदै आएका छन् । बजार खोल्नुपर्छ भन्ने ब्यापारीले हार्डवेयर र खाद्यन्न खोल्न मिल्ने अन्य व्यवसाय खोल्न किन नहुने भन्दै तर्क गरिरहेका छन् । बजार खोल्नुपर्छ भन्ने व्यापारीले अन्य व्यापारीको आरिस गरेको जस्तो तर्क पाइएको छ । खोल्नुपर्छ भन्ने व्यापारी भन्छन्, खाद्यन्न र हार्डवेयरबाट कोरोना नसर्ने हाम्रोबाट चाहीँ सर्ने ?

प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार  १२ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]