लकडाउनमै झापाका दुई सहकारी मर्ज
दमक । लकडाउनकै समयमा झापाका दुई सहकारी मर्ज भएको छ । बिर्तामोडमा मुख्य कार्यलय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र दमकमा रहेको चेतनशील सहकारी संस्था लि. मर्च भएका छन् ।

आज दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुबै सहकारीले आफुहरु एक भएको जानकारी दिए । यस अघि सिम्रिकका १७ वटा शाखा कार्यलय थिए । चेतनशील सहकारी संस्था लिमिटेडको ६११०६०० शेयर रकम, १०६८ शेयर सदस्य , बचत निक्षेप १०५९८७०३ ,ऋण लगानी १३९२४६२९, कुल कारोवार २०२२८९३१ रहेको छ ।
यस्तै सिम्रिकको कुल सदस्य संख्या २४५६५, शेयर पुँजी १४३३९४४०६, कुल आय १५३१७८८५१.७ ,नाफा नोक्सन १८२९१८४२.७१ रहेको छ । चेतनशील सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञान बहादुर योगीले २ लाख ५० हजारबाट शुरु भएको सहकारीले करिब अढाई करोडको कारोबार गर्दै आए पनि अब सबै सहकारी एक हुने अवस्था आएको तथा सरकारको नीति पनि सोही अनुरुप भएकाले मर्जमा गएको बताए ।
सिम्रिक सहकारीका अध्यक्ष कमल बहादुर बस्नेतले गत जेष्ठ १ गतेबाट दुई सहककरी एक भई काम थालेको बताए । अहिले सञ्चालक समिति गठन , कर्मचारी ब्यवस्थापन लगायतका काम भईरहेको र सहकारी विभाग इटहरीबाट स्विकृत गर्न बाँकी भएको बताए ।
उनले बिगत २२ बर्षको अन्तर धेरै सहकारीहरु स्थापना भई अस्वस्थ्य प्रतिस्पर्धा भइरहेको अवस्थालाई मध्यनजर गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न दुई सहकारीबिच एकिकरण गरिएको धारणा राखे ।