असार २, २०८२ सोमबार

रुपन्देहीको तिलोत्तमामा पाँच जनाको हत्या

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

गएराति सुर्खेतका एक जना व्यक्तिले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । हालसम्म मृत्यु हुनेहरुको विवरण प्रहरीले खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले घटनाको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । ‘म पनि घटनास्थलतिर जाँदैछु’, उनले भने ।

घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झपेन्द्र सिजापतीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले एक जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । यद्यपि, उनले पक्राउ परेका व्यक्तिको परिचय खुलाएनन् । स्रोतका अनुसार सिजापती लागू औषध दुर्व्यसनी हुन् । थप अनुसन्धान भइरहेको थापाले बताए ।

प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]