बैशाख २७, २०८२ शनिबार

झापामा कोरोना महामारी विरुद्ध एकता

भद्रपुर । झापामा कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा भइरहेको कामले एकताको सन्देश दिएको छ । झापामा सरोकारावाला विचको सहकार्यले एकताको सन्देश दिएको झापाका राजनीतिक दलका प्रमुखहरुले प्रतिक्रिया दिनुभएको छ ।

सर्वदलीय बैठकले गठन गरेको कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारमा मुख्य समन्वयकारी भूमिका निर्वाह गरेको छ ।

समितिका प्रमुख सोमनाथ पोर्तेललको संयोजकत्वमा जिल्लास्थित राजनीतिक दलका प्रमुखहरु सबै पालिकाका प्रमुख र अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, जनपथ र सशस्त्र प्रहरी बलका प्रमुख र नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति सहित २५ सदस्यीय अनुगमन तथा समन्वय समिति गठन गरिएको थियो । सोहि अनुसार समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, राप्रपाका अध्यक्ष अमर विष्ट, समाजवादी पार्टी नेपालका अध्यक्ष दिपेनवाला राई, राजपाका अध्यक्ष अतुनसिंह राजवंशी र झापाका १५ वटा स्थानीय तहका प्रमुख , प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, जनपथका एसपी कृष्ण कोइराला, सशस्त्रका एसपी रेशम कुमार थक्सु, रेडक्रसका सभापति लोकराज ढकाल, नीजि क्षेत्रको तर्फबाट नेपाल उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया रहनु भएको छ ।

समितिको सचिवालय (स्टेयरीङ) का रुपमा संयोजकको संयोजकत्वमा राजनीतिक दलका प्रमुख, प्रमुुख जिल्ला अधिकारी, जनपथ र सशस्त्र प्रहरी वलका प्रमुखहरु र नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रहेको सचिवालय समिति गठन गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार  १० : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]