जेष्ठ २, २०८२ बिहीबार

नेपालमा कोरोना विरुद्ध कुनै औषधि र खोप बनेको छैन : स्वास्थ्य मन्त्रालय

बिर्तामोड । नेपालमा कोरोना विरुद्ध कुनैपनि औषधि र खोप पत्ता नलागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले कुनै पनि औषधि र खोप पत्ता नलागेकोले भ्रममा नपर्न नागरिकलाई जानकारी दिए ।

केहि दिनदेखि नेपालका कोरोना विरुद्ध औषधि बनेको भन्ने हल्ला चलिरहेपछि स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ । प्रवक्ता गौतमले हल्लाको पछि लागेर कोरोना विरुद्ध औषधि र खोप प्रयोग नगर्न सूझाव दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार  ४ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]