बैशाख २८, २०८२ आईतबार

बिर्तामोडमा पूर्ण रुपमा बजार खोल्न नपाइने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले संघीय र प्रदेश सरकारले सूचिकृत गरेको उधोग व्यवसाय बाहेकका पसल खोल्न नपाइने निर्णय गरेको छ । व्यवसायीले सबै व्यवसाय पूर्ववत रुपमा सञ्चालन गर्न पाउनुपर्ने माग गरेका थिए ।

सरकारले ४३ वटा उधोग व्यवसाय मात्रै सञ्चालनको लागि सूचिकृत गरेको थियो । नगरपालिकाले सबै व्यवसाय खोल्न अहिले नै निर्णय नगरेको नगरले बनाएको समितिका संयोजक राजेन्द्र लिङदेनले जानकारी दिए । उनले ३२ गतेसम्म सरकारको निर्णय पर्खिने बताए ।

यसअघि खोलिएका व्यवसाय बिहान ८ बजेदेखि २ बजेसम्म नियमित सञ्चालन गर्न दिने निर्णय भएको छ । यो निर्णय बिहीबारबाट लागु हुने बताइएको छ । नगरभित्र रहेका बैंक तथा वित्तिय संस्थालाई भने नियमित सञ्चालन दिने निर्णय भएको छ ।

उक्त निर्णय बिर्तामोडका व्यवसायी, वाणिज्य संघका प्रतिनिधि र अगुवा व्यवसायी बिचको छलफलपछि गरिएको हो ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]