बैशाख २८, २०८२ आईतबार

झापाका ३० संक्रमित उपचारपछि घर फर्किए

बिर्तामोड । कोरोना संक्रमित झापाका थप ३० जना बिरामीहरु निको भएर बिहीबार घर फर्किएका छन् ।

धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा रहेको ३० जनालाई प्रतिष्ठानले बिदाई गरेको हो ।

पछिल्लो पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि चौथो पटक कोरोना संक्रमितहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । कोरोना मुक्त हुनेमा १८ वर्ष देखि ४५ वर्ष सम्मका पुरुष रहेका छन् ।

उनका अनुसार प्रतिष्ठानमा नयाँ ८ जना सहित पुराना २४ जना कोरोना संक्रमित उपचारमै रहेका छन् । केही दिन अघि झापाकै २८ जना निको भएर घर फर्किएका थिए ।

प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार  ३ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]