बैशाख २८, २०८२ आईतबार

थप २५० जनामा कोरोना पुष्टि

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २५० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको हो । बुधबार २७९ जनामा कोरोना पुष्टि भएको थियो भने मंगलबार ३२३ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने आठ सय ६१ पुगेको छ । बिहीबार १८७ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख १५ हजार ९ सय ३० जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ७८ हजार एक सय ४३ को नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार अहिले क्वारेन्टाइनमा एक लाख ६२ हजार दुई १३ जना बसेका छन् भने तीन हजार सात सय ३८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]