बैशाख २७, २०८२ शनिबार

झापामा कोरोना संक्रमितको संख्या डेढ सय नाघ्यो, अझै बढ्न सक्ने

बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ । बिहीबार दक्षिण झापाको कचनकवलमा थप ३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय ५६ पुगेको हो । थपिएका नयाँ संक्रमितहरु भारतबाट आएका हुन् ।

झापाका १३ पालिकामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये सबैभन्दा धेरै संक्रमित कचनकवलका छन् । कचनकवलमा संक्रमितको संख्या १ सय १५ पुगेको छ । झापाका विर्तामोड र शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमण देखिएको छैन ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार कचनकवलपछि सबभन्दा बढी गौरीगंजमा १४ जनामा संक्रमण पुष्टि भइसकेको छ । भद्रपुरमा ४, मेचीनगरमा २, कन्काईमा ३, दमकमा १, गौरादहमा ४ बुद्धशान्तिमा ५ जनामा कोरोना संक्रमण देखिसकेको छ । त्यस्तै, हल्दीबारीमा २, कमल गाउँपालिकामा १, बाह्रदशीमा ४ र झापा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ ।

भारतबाट आउने क्रम जारी रहेकाले झापामा अझै संक्रमित बढ्न सक्ने जनाइएको छ । झापामा ६ हजार बढीका कोरोना परीक्षण गरिसकिएको छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]