बैशाख २८, २०८२ आईतबार

नेपालमा कोरोना परीक्षणको अवस्था राम्रो

झापा एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ ।

विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ । कोभिड–१९ बारे ताजा तथ्याङ्क दिने वेबसाइट वल्र्डमिटरका अनुसार प्रति १० लाख जनसङ्ख्यामा नेपालले नौ हजार ७४५ जनाको कोरोना परीक्षण गरिरहेको छ । जुन सार्क मुलुकमा अरूकोभन्दा राम्रो हो ।

छिमेकी देश भारतमा १० लाख जनसङ्ख्यामा तीन हजार ६७० जनाको परीक्षण भएको छ । तथ्याङ्कले जापान, थाइल्यान्ड र पाकिस्तानभन्दा पनि नेपाल अगाडि देखिएको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]