झापाका १३ जनासहित थप ४४८ जनामा कोभिड- १९ पुष्टि
बिर्तामोड । नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकै दिन झापामा १३ जना संक्रमीत थपिएका छन् ।
थपिएका १३ मध्ये ११ जना कचनकवलका र २ जना बाह्रदशीका रहेको जनस्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । यो सगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ ।
यस्तै स्वास्थ मन्त्रालयका अनुसार थप १ जनाको कोरोना कै कारण मृत्युु भएको छ । यसरी मृत्युु हुनेको संख्या १६ पुगेको छ ।