बैशाख २८, २०८२ आईतबार

आरडीटी पोजेटिभ देखिएका ५ वर्षीय बालकको मृत्यु

वीरगञ्ज । बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् । चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।

स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि पठाइएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले बताए । ‘बालकको साँझ मृत्यु भएको छ, स्वाब संकलन गरेर आरटी पीसीआर परीक्षणका लागि नारायणीको ल्याबमा पठाएका छौं’ उनले भने ‘ रिपोर्ट आउन बाँकी छ ।’

प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]