बैशाख २८, २०८२ आईतबार

डिस्चार्जपछि गाउँलेको अवरोध : शनिबार बिहान १० बजेसम्मलाई दिइयो बास, वडाध्यक्षले पुर्याए घर

बिर्तामोड । उपचार गरेर फर्किएका ब्यक्तिलाई बिर्तामोड – २ का वडाध्यक्ष नगेन्द्र सङ्रौलाले आफै घर पुर्याएर फर्किएका छन् । उपचारपछि फर्किएका दिलिप दर्जीलाई गाउँलेले घर जान अवरोध गरेका थिए ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि जेठ २० गते धरान लगिएको थियो । शुक्रवार डिस्चार्ज भएर फर्किएका दर्जीलाई बिर्तामोड – २ स्थित सोमबारेमा गाउँलेले रोकेका थिए ।

दिउँसो ४ बजे चारपाने उत्रिएका दर्जी भाउजुको घरमा बस्ने गरि आएका थिए । भाउजुले आउनु भने पनि स्थानीयबासीले रोकेपछि दर्जीले स्थानीय जनप्रतिनिधि गुहारेका थिए ।

बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्य निता घतानीले दर्जीलाई गरेको ब्यवहार सरोकारवालालाई जानकारी गराएको थिइन् । सोही घटना बारे इजलासले समाचार प्रकाशित गरेपछि स्थानीय प्रशासनले तत्काल एक्सन लिएको थियो । उनको उद्धारमा तत्काल घतानी र अर्का जनप्रतिनिधि किशोर पौडेल दर्जी बसेको ठाउँ पुगेका थिए ।

प्रहरी , जनप्रतिनिधिले दर्जीलाई शुक्रवार राती नै भाउजुको घर पुर्याएका छन् । गाउँलेले एकरातको लागि मात्रै बाँस दिएको बुझिएको छ । शनिबार बिहान १० बजेसम्मलाई मात्र बस्न दिएको भन्दै गाउँलेले त्यसपछिको ब्यवस्थापन सोच्न अवगत गराएका थिए ।

गाउँलेले अवरोध गरेपछि उनी अबेरसम्म वीर अमरसिंह माबिको मैदानमा बसेका थिए ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार  १० : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]