बिर्तामोडमा युवाको बिरोध प्रदर्शन पानीले प्रभावित, नेबिसंघ र राप्रपा निकट बिद्यार्थीको सहाभागिता
बिर्तामोड । विभिन्न माग राख्दै झापाको बिर्तामोडमा गरिएको सांकेतिक बिरोध पानी परेपछि बिथोलिएको छ ।
नेबिसंघ , राप्रपा निकट युवा बिद्यार्थी र केही स्वतन्त्र युवकले गरेको सांकेतिक बिरोध बिर्तामोडमा पानी परेपछि अपुरो भएको छ ।
सरकारले विभिन्न क्षेत्रमा गरेको बेथिती सुधारका माग राख्दै युवाहरुले मुक्तिचोक परिक्रमा गरि प्रदर्शन गरेका छन् ।
केहिबेरको प्रदर्शनपछि पानीले आन्दोलन प्रभावित बनाएको छ । केही युवाले १०० प्रतिशत पिसिआर लागू हुनुपर्ने नारा बोकेका थिए भने केही युवाले अश्लील शब्द प्रयोग गरिएका नारा बोकेर प्रदर्शन गरे ।