असार ३, २०८२ मंगलबार

अन्तत : झुक्यो भारत, वार्ताबाटै सीमा समाधान गर्ने रक्षामन्त्रीको प्रतिक्रिया

काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने बताएका छन् ।

भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भारत – नेपालको बीचमा रोटी – बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताए । उनले भने, लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिनेछ ।’

भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको उनले बताए । गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताए ।

उनले अघि भने, ‘म विश्वासको साथ भन्न चाहन्छु कि भातीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन सक्दैन । हाम्रो नेपालसँग यति गहिरो सम्बन्ध छ । हामी सबै समस्याको सामाधान वार्ता र सम्वादमार्फत नै गर्नेछौँ ।’

प्रकाशित मिति : असार १, २०७७ सोमबार  ३ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]