जेष्ठ २, २०८२ बिहीबार

धनमायाको उपचारमा सहयोग गर्न आग्रह

बिर्तामोड । मृगौलाको उपचार गरिरहेकी बिर्तामोड — ३ कि धनमाया तामाङ्गले आर्थिक सहयोगको अपील गरेकी छन् । आर्थिक अवस्था दयनीय रहेको भन्दै उनले आफ्नो स्वास्थ्योपचारका लागि सहयोगको अपील गरेकी हुन् ।

छोराको साथमा धनमाया

वैदेशिक रोजगारीबाट फर्किएकी धनमायले कमाएर ल्याएको रकम र आफ्नो जग्गा राखेर हालसम्म १० लाख खर्च गरिसकेको बताइन् । उनले अब थप उपचारका लागि आर्थिक सहयोगको खाँचो भएको बताइन् । उनका छोरा वीर बहादुर तामाङ्ग ज्याला मजदुरी गर्छन् । मजदुरीबाट आएको रकमले घर खर्च समेत नपुग्ने भन्दै उनले आफ्नो आमाको उपचारमा सहयोग गरिदिन आग्रह गरे ।

दुई महिनाअघिसम्म बिर्तामोडस्थित विएण्डसीमा उपचार गराइरहेको छोरा वीर बहादुरले जानकारी दिए । उनका अनुसार दुई महिना यता खर्च अभावले उपचार भइरहेको छैन । एक पटक डाइलोसिस गरेको ५५ सय रुपैयाँ लाग्छ । सहयोग गर्न चाहनेहरुका लागि छोराले आफ्नो मोवाइल नं. ९८२३६९१६२० उपलब्ध गराएका छन् ।

उनको सहयोगका लागि विर्तामोड ३ का अध्यक्ष भोजराज सिटौलाले समेत पहल गर्ने बताए । अहिले तामाङ्गको उपचारमा सहयोग जुटाउन गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्था बिर्तामोडले अभियान थालेको भुपाल बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार  ४ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]